Posts
प्रतिनिधि सभा बैठक, २०७७ जेठ १३ गते मंगलबार, १:०० बजे
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps

काठमाण्डाैँ,०५ जेठ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैँमा गरिएकाे परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएकाे हाे । उनीहरूमध्ये ७ जना राैतहटकाे इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का बासिन्दा रहेकाे मन्त्रालयले जनाएकाे छ । ती सबै संक्रमित पुरूष रहेका छन् । यसैगरी राैतहटकै माधवनारायण नगरपालिका वडा नं २८ वर्षीया १ महिला र बाराकाे करैयामाइ- ५ निवासी १ जना ३८ वर्षका पुरूषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । अहिले उनी सबै स्वास्थ्यकर्मीकाे सम्पर्कमै रहेकाे र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ । यससंगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ४ पुगेकाे छ ।
- Get link
- X
- Other Apps
काठमाण्डौं – बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नरैनापुर गाउँपालिकामा रहेको दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेन्टाइनमा बसेका युवाको आइतबार बिहान मृत्यु भएको थियो । भारतको मुम्बईबाट फर्किएका ती युवालाई वैशाख ३० गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । यसअघि नरैनापुरको सोही क्वारेन्टाइनमा राखिएका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले पनि सो क्वारेन्टाइनमा ३८ जनालाई राखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ ।
- Get link
- X
- Other Apps

काठमाण्डाै, ०४ जेठ । काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ । बिहानै १० जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनीहरू सबै राैतहट निवासी रहेकाे मन्त्रालयकाे भनाइ छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये राैतहटकाे राजपुर न.पा. फरहदवा- ९ निवासी १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका ७ जना रहेका छन् । यसैगरी राैतहटकै इशनाथ न.पा.- ३ निवासी २८, ३० र ३३ वर्षका ३ जना रहेका छन् ।